आइतबार, मंसिर ९ गते २०८१

पहिरोको इपिसेन्टर सिन्धुपाल्चोक २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता

पहिरोको इपिसेन्टर सिन्धुपाल्चोक २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता

अखबार दैनिक
मंगलबार, भदौ ३० २०७७
  • पहिरोको इपिसेन्टर सिन्धुपाल्चोक २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता

    ३० भदौं , काठमाण्डौं । भूकम्पले थिलथिलो बनाएको जमिन, वर्षेनी भारी वर्षा हुँदा सिन्धुपाल्चोक पहिरोको ‘इपिसेन्टर’ बन्न पुगेको छ । पछिल्ला दुई महिना पहिरोमा परी दर्जनौंले अकालमा ज्यान गुमाएका छन् ।

    images

    सयौं सिन्धुबासीको उठिबास लागेको छ । दुई महिनामा मात्र सिन्धुपाल्चोकका ७३ जनाले पहिरोमा परी ज्यान गुमाउनुपरेको छ भने पहिरोमै परी ४२ जना अझै बेपत्ता छन् ।

    २५ असारमा बाह्रबिसे नगरपालिका–५ स्थित जम्बुमा ठाडो खोला उर्लंदा जम्बु बजार क्षणभरमै खण्डहर बन्यो । बस्ती नै पुर्ने गरी ठाडो खोला उर्लंदा जम्बुमा २ जनाको मृत्यु भयो, १७ जना बेपत्ता भए ।

    भोटेकोसी गाउँपालिका–५ बुलकोटेका पहिरोले बस्ती पुर्दा २५ असारमा ६ जनाले ज्यान गुमाएका छन् । बुलकोटे पहिरोमा बेपत्ता ३ जनाको न त लास फेला पर्यो, न त सास नै भेटियो ।

    साउन १९ मा पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले ३ जनाको ज्यान लिएको छ । सोही दिन मेलम्ची नगरपालिका–९ गैराबगरमा पहिरो खस्दा निर्माण मजदुरीका लागि आएका ९ जना तराईबासीले ज्यान गुमाउनुपर्यो

    जुगल गाउँपालिका–२ लिदीगाउँमा पहिरोमा परी ३७ जनाले ज्यान गुमाएका छन् । साउन ३० गते बिहानीपख बस्तीमाथिको पहाड खस्दा लिदीगाउँका ३९ जना बेपत्ता भएकोमा ३७ जनाको शव फेला पयो, २ जना अझै बेपत्ता छन् ।

    आइतबार बिहान बाह्रबिसे नगरपालिका–७ घुम्थाङ भीरखर्कबाट खसेको पहिरोले नागपुजे र आसपासका १४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर अन्य १७ जना बेपत्ता भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार