बिहीबार , मंसिर ६ गते २०८२

आज सुनको मूल्य तोलामा रु ७०० ले बढ्यो

आज सुनको मूल्य तोलामा रु ७०० ले बढ्यो

अखबार दैनिक
बिहीबार , मंसिर ६ २०८२
  • आज सुनको मूल्य तोलामा रु ७०० ले बढ्यो

    अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु ७०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ३५ ले बढेको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४३ हजार निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १८५ कायम भएको छ ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार