बुधबार, मंसिर ५ गते २०८२

बेपत्ता भएको ९ दिन पछि भेटियो इटहरीकी मञ्जुको शव

बेपत्ता भएको ९ दिन पछि भेटियो इटहरीकी मञ्जुको शव

अखबार दैनिक
बुधबार, मंसिर ५ २०८२
  • बेपत्ता भएको ९ दिन पछि भेटियो इटहरीकी मञ्जुको शव

    गत कार्तिक २४ गतेबाट हराएकी इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव धरानस्थित सर्दु जलाधारस्थित खोल्सामा शव फेला परेको छ । निरौला गत कार्तिक २४ गते बिहान साढे ८ बजे घरबाट हिँडेकी तर घर फर्केर नआएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएका थिए । गत कार्तिक २७ गते उनले लगाएको स्वेटर र ब्याग कोशी राजमार्ग छेउमा फेला परेको थियो ।

    खोजी गर्दा पनि नभेटिएकी निरौलाको शव भेटिए पछि परिवारले पहिचान गरेको प्रहरीले जनाएको छ । निरौलाको शव मङ्गलवार दिउँसो धरान–धनकुटा सडक छेउमा भेटिएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

    इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव फेला परेको स्थान सर्दु जलाधार क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वको दुर्गम भूभागमा रहेको छ ।

    उनले भौगोलिक अवस्था, शवको स्थिति र फेला परेका सामानबीचको तालमेलले घटना शङ्कास्पद देखिएको बताएका छन् । उनले विस्तृत अनुसन्धान जारी रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ