बिहीबार , असोज ३ गते २०८१

प्रवक्ता नारायणकाजीको सचिवालयले गठन गर्‍यो कोभिड-१९ स्वयंसेवा (सिभिएस) समिति

प्रवक्ता नारायणकाजीको सचिवालयले गठन गर्‍यो कोभिड-१९ स्वयंसेवा (सिभिएस) समिति

अखबार दैनिक
आइतबार, भदौ २८ २०७७
  • प्रवक्ता नारायणकाजीको सचिवालयले गठन गर्‍यो कोभिड-१९ स्वयंसेवा (सिभिएस) समिति

    काठमाडौं, २८ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य, प्रवक्ता एवम् सांसद नारायणकाजी श्रेष्ठको सचिवालयले कोभिड-१९ प्रभावितहरुलाई सघाउन कोभिड-१९ स्वयंसेवा समिति गठन गरेको छ ।

    images

    उक्त समितिले कोभिड उपचारसम्बन्धि प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गर्नुका साथै मनोसामाजिक परामर्श सेवा पनि दिनेछ । श्रेष्ठको सचिवालयले सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रमणबाट समाजलाई बचाउन योगदान दिने उद्देश्यले उक्त काम सुरु गर्न लागिएको स्पष्ट पारेको छ ।

    आइतबार श्रेष्ठको सचिवालयद्वारा सार्वजनिक प्रेस नोटमा भनिएको छ, ‘सरमनरले आफ्नो कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन दिनुपर्ने आवश्यकता आफ्नो ठाउँमा छ, तर सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रमणबाट समाजलाई बचाउन हामी सबैले आआफ्नो ठाउँबाट योगदान गर्न जरुरी छ ।’

    कोभिड-१९ ले विश्व मानवजातिलाई जीवन मूल्य, विकासको ढाँचा र सामाजिक राजनीतिक प्रणालीकै बारेमा नयाँ ढंगले सोच्न, पुनर्विचार गर्न उत्प्रेरित गरेको र बिस्तारै त्यो दिशामा बहस सुरु भइरहेको श्रेष्ठको सचिवालयले स्पष्ट पारेको छ ।

    NKSS_COrona_1.jpg

    1.JPG

    2.JPG

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ