आइतबार, मंसिर ९ गते २०८१

विहादीमा अनेरास्ववियूको युवा विद्यार्थी भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विहादीमा अनेरास्ववियूको युवा विद्यार्थी भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अखबार दैनिक
शनिबार, भदौ २७ २०७७
  • विहादीमा अनेरास्ववियूको युवा विद्यार्थी भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


    पर्वत
     विहादी गाउँपालिकामा अनेरास्ववियू पर्वत क्षेत्र २ को युवा विद्यार्थी भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवा विद्यार्थीहरुमा क्रिया तथा अन्तरक्रिया गारउने उद्देश्यले आयोजान भएको कार्यक्रम शनिवार वडा नं. ३ रानीपानीमा सम्पन्न भएको हो । 
    भेलालाई सम्बोधन गर्दै नेकपा जिल्ला कमिटी सदस्य अनिल मास्केले नेपाल कम्युनिष्ट पार्टीलाई मजबुत र कम्युनिष्ट शासनका कामलाई जनताले प्रत्यक्ष महशुस गर्ने गरि सम्पन्न गराउन अनेरास्ववियुको मुख्य भुमीका हुने बताउनुभयो । साथै उहाँले शैक्षिक गुणस्तरियता वृद्धीका लागि विद्यार्थीले आफ्नो कर्तव्य पालनाका गर्नुपर्नेमा समेत जोड दिनुभयो । विद्यार्थी सक्षम भयो भने मात्र देश समृद्धशाली बन्ने उहाँको भनाई थियो ।
    त्यस्तै तेज शर्माले कोरोनाले समस्या वनाएको समयमा विद्यालय कसरी संचालन गर्ने,वैज्ञानिक, प्राविधिक र सर्वसुलव जस्ता शैक्षिक मुद्दालाई गरिव,निमुखा र दुरदराजका नागरिकको पहुँच स्थापित गर्नेविषयमा जोड दिनुभएको थियो । पर्वतमा लामो समय एकीकरण टुंगोमा नपुगेको र कोभिडको कारण रचनात्मक गतिविधि कम भएकोमा कोभिड नियन्त्रणका विधिअपनाउंदै विद्यार्थी भेटघाटमा अनेरास्ववियु जुटेको संयोजक शर्माले वताउनुभयो ।
     अनेरास्ववियु पर्वत क्षेत्र २ का अध्यक्ष मोहन पौडेलको अध्यक्षता,लिलिप पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन मिलन पौडेलले गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार