बुधबार, जेठ ९ गते २०८१

विराटनगरमा ६९ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु

विराटनगरमा ६९ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु

अखबार दैनिक
शनिबार, भदौ २७ २०७७
  • विराटनगरमा ६९ वर्षीय  वृद्धको  कोरोना संक्रमणबाट मृत्यु

    २७ भदौं काठमाण्डौं । कोभिड-१९ अस्पताल विराटनगरमा उपचाररत् एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।

    images

    विराटनगर-८ का ६९ वर्षीय ती पुरुषको शनिबार मध्याह्न साढे १२ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए।

    उनी २२ गते स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल ल्याइएका थिए। सोही दिन पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

    सुगर र ब्लडप्रेसरका बिरामी उनको अवस्था चिन्ताजनक बनेपछि शुक्रबार भेन्टिलेटरमा राखिएको थियो।

    उनीसहित विराटनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ जना पुगेको प्रमुख बस्नेतले बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार