काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला २९ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (कात्तिक २४) सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार (कात्तिक २३) सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेर ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।
