बिहीबार , मंसिर ६ गते २०८१

मौसम बदली भई पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम बदली भई पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

अखबार दैनिक
मंगलबार, भदौ २३ २०७७
  • मौसम बदली भई पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

    २३ भदौं, काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार बिहान (अहिले) देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १,  प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

    images

    विभागले आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको विभागले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

    विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन भनेको छ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ