आइतबार, मंसिर ९ गते २०८१

उच्च पदस्थ व्यक्तिहरुमा कोरोनो संक्रमण देखिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री,मन्त्री सहित १५२ जनाको स्वाब संकलन

उच्च पदस्थ व्यक्तिहरुमा कोरोनो संक्रमण देखिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री,मन्त्री सहित १५२ जनाको स्वाब संकलन

अखबार दैनिक
सोमबार, भदौ २२ २०७७
  • उच्च पदस्थ व्यक्तिहरुमा कोरोनो संक्रमण देखिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री,मन्त्री सहित १५२ जनाको स्वाब संकलन

    पोखरा
     उच्च पदस्थ व्यक्तिहरुमा कोरोनो संक्रमण देखिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । सोमबार उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सातै जना मन्त्रीहरुको स्वाब संकलन गरिएको हो ।
    मन्त्रीका सचिवालय सदस्य, पि.एस्.ओ., कर्मचारी, चालक र सुरक्षाकर्मी गरी १५२ जनाको  स्वाब संकलन गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार स्वाबको पीसीआर नतिजा मंगलबार साझ  आउनेछ । गण्डकी प्रदेशमा प्रदेश सांसद र डिआईजीमा कोरोना संक्रमण देखिएको छ ।
     यस अघि प्रदेशसभाको वर्षे अधिवेशन सुरु हुने बेला पनि मुख्यमन्त्री,मन्त्री र सांसदहरुको एकै साथ पि.सि.आर. परिक्षण गरिएको थियो ।

    images

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार