मंगलबार, जेठ ८ गते २०८१

कोरोना भाइरस संक्रमणमा भारत दोस्रो स्थानमा पुग्यो, एकैदिन थपिए ९२ हजार संक्रमित

कोरोना भाइरस संक्रमणमा भारत दोस्रो स्थानमा पुग्यो, एकैदिन थपिए ९२ हजार संक्रमित

अखबार दैनिक
सोमबार, भदौ २२ २०७७
  • कोरोना भाइरस संक्रमणमा भारत दोस्रो स्थानमा पुग्यो, एकैदिन थपिए ९२ हजार संक्रमित

    काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण डरलाग्दो अवस्थामा पुगेको छ । भारत विश्वमै संक्रमणमा दोस्रो स्थानमा पुगेको छ । 

    images

    आइतबार ९१ हजार ७२३ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । शनिबार ९० हजार ६०० जना संक्रमित थपिएका थिए । 

    यसअघि शुक्रबार सबैभन्दा बढी भारतमै ८७ हजार ११५ जना संक्रमित देखिएका थिए । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४२ लाख २ हजार ५६२ पुगेका छन् । 

    हाल ८ लाख ८२ हजार ९५५ जना संक्रमित भारतमा रहेका छन् । भारतमा निको हुनेको दर भने राम्रो रहेको छ । आइतबार ६९ हजार ६२४ जनालाई निको भएको छ । 

    शनिबार रेकर्ड ७३ हजार १६१ जना संक्रमित कोरोनामुक्त भएका थिए । हालसम्म ३२ लाख ४७ हजार २९७ जना कोरोनामुक्त भएका छन् । 

    आइतबार १ हजार ८ जनाको ज्यान गएको छ । शनिबार १ हजार ४४ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७१ हजार ६८७ पुगेको छ । 

    सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा शनिबार ९० हजार १७७ वटा परीक्षण भएकामा २२ हजार ३५०० संक्रमित थपिए । ३२८ जनाको ज्यान गयो । अहिलेसम्म त्यहाँ २६ हजार ६०४ जनाको ज्यान गइसकेको छ । आइतबार सबैभन्दा बढी संक्रमित अमेरिकामा ३१ हजार संक्रमित थपिएर कुल संक्रमितको संख्या ६४ लाख ६० हजार २१३ पुगेको छ । मृतक ४३२ थपिएर १ लाख ९३ हजार २५० पुगेको छ । अमेरिकामा २५ लाख ४१ हजार सक्रिय संक्रमित रहेका छन् । 

    तेस्रो स्थानमा झरेको ब्रजिलमा आइतबार १४ हजार ६०६ जनामात्र संक्रमित थपिए । शनिबार ३१ हजार १९९ संक्रमित थपिएका थिए । कुल संक्रमित ४१ लाख ३७ हजार ६०६ पुगेका छन् । 

    विश्वभर हाल २ करोड ७२ लाख ८३ हजार संक्रमित छन् । ८ लाख ८७ हजार भन्दा बढीको ज्यान गएको छ । १ करोड ९३ लाख ६७ हजारलाई निको भएको छ । 

    हाम्रो कुरा बाट 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ