पोखरा
गण्डकी प्रदेशसभा सचिवालयको सचिव पदमा हरिराज पोखरेल नियुक्त हुनुभएको छ । प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पोखरेललाई प्रदेशसभा सचिवालयको सचिव पदमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम शुक्रबार प्रदेश प्रमुखले सचिवमा नियुक्त गर्नुभएका पोखरेल कास्कीको पोखरा–२१, निर्मलपोखरी निवासी हुनुहुन्छ ।
गत असारमा गण्डकी प्रदेशसभा वैठकले प्रदेशसभा सचिवालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेपछि सभामुखलाई सचिव नियुक्तिको लागि बाटो खुलेको थियो । प्रदेशसभामा लामो समयदेखी सचिव खाली रहँदा निमित्त सचिवले कार्य सञ्चालन गर्नुपरेको थियो ।