शुक्रबार, जेठ ४ गते २०८१

अर्थमन्त्री खतिवडाको ‘काउन्टडाउन’ सुरु, ७२ घण्टामा पदमुक्त हुने

अर्थमन्त्री खतिवडाको ‘काउन्टडाउन’ सुरु, ७२ घण्टामा पदमुक्त हुने

अखबार दैनिक
बिहीबार , भदौ १८ २०७७
  • अर्थमन्त्री खतिवडाको ‘काउन्टडाउन’ सुरु, ७२ घण्टामा पदमुक्त हुने

    १८ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको ६ महिने कार्यकाल सकिन आँटेको छ । अब उनी आइतबार राति १२ बजेसम्म मात्रै अर्थमन्त्री रहन पाउनेछन् । खतिवडाको ७२ घण्टे ‘काउन्टडाउन’ सुरु भएको छ ।

    images

    डा. खतिवडा ०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । उनले २१ गते नै सपथ-ग्रहण गरेका थिए । सपथ ग्रहण गरेको दिनदेखि गणना गर्दा भदौ २१ गते राति १२ बजे उनको ६ महिने पदावधि समाप्त हुन्छ । संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन ।

    डा. खतिवडाले केपी ओली नेतृत्वको सरकारमा करिब अढाइ वर्ष अर्थमन्त्रीका रुपमा काम गरे । राष्ट्रियसभामा मनोनित नहुँदै अर्थमन्त्री बनेका उनी दुईवर्षे कार्यकाल पूरा गरेर गत फागुनमा बाहिरिएका थिए ।

    सांसद पद समाप्त भएपछि उनले फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्टै २१ गते उनी पुनः अर्थमन्त्रीमा नियुक्त भए । अब पुनःनियुक्तिको ६ महिने कार्यकाल पनि समाप्त हुने समय आइपुगेको छ ।

    संविधानतः मन्त्री पदमा बस्न नमिल्ने भएकाले अर्थमन्त्री खतिवडाले अबको दुई दिनभित्र राजीनामा दिने सम्भावना रहेको उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

    प्रधानमन्त्री ओलीले अर्थमन्त्रीका रुपमा खतिवडालाई निरन्तरता दिने प्रयास गरे पनि पार्टीभित्रको शक्ति सन्तुलनका कारण प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । ओलीले राष्ट्रियसभामा रहेको रिक्त पदमा खतिवडालाई नियुक्त गर्ने र अर्थमन्त्रीमा निरन्तरता दिने ईच्छा गरे पनि पार्टी उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने चाहना प्रकट गरेका छन् ।

    आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले बहुमतका आधारमा वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्दैछ । वामदेवलाई राष्ट्रियसभामा लैजाने औपचारिक निर्णय हुनु भनेको अर्थमन्त्री खतिवडाको बहिगर्मन निश्चित हुनु हो ।

    साभार : अनलाईखवरबाट

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ