सुनसरी । अविरल वर्षा रोकिएसँगै सप्तकोसी नदीमा बहाव घटेको छ । कोसी ब्यारेजमा सोमबार (असोज २०) बिहान ६ बजे गरिएको मापनअनुसार चार लाख ३५ हजार ३०५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।
गए राति पानीको बहाव पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेन्ड थियो । रातिदेखि नै वर्षा कम भएसँगै सप्तकोसीमा पानीको बहाव घट्दो क्रममा रहेको उनले बताए ।
हाल कोसी ब्यारेजका ५६ गेट (ढोका) खोलिएको उनले जानकारी दिए । आइतबार (असोज १९) बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिएको थियो । रातो झन्डा समेत फहर्याइएको थियो । रासस