शुक्रबार, जेठ ४ गते २०८१

काठमाडौंमा ३९३ सहित उपत्यकामा थपिए ४८१ कोरोना संक्रमित

काठमाडौंमा ३९३ सहित उपत्यकामा थपिए ४८१ कोरोना संक्रमित

अखबार दैनिक
मंगलबार, भदौ १६ २०७७
  • काठमाडौंमा ३९३ सहित उपत्यकामा थपिए ४८१  कोरोना संक्रमित

    १६ भदौ,काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ कोरोना संक्रमित थपिएका छन् । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४८१ संक्रमित थपिएका हुन् ।

    मंगलबार काठमाडौं ३९३ जना, भक्तपुरमा ३० र ललितपुर ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

    सोमबार काठमाडौं १९० जना, भक्तपुरमा ४१ र ललितपुर ६७ गरी २९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । 

    आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५  र ललितपुर १२ गरी ४२९ कोरोना संक्रमित थपिएका थिए । 

    शनिबार काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जनाम गरी १८६ जना कोरोना संक्रमण देखिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ