भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकीमा प्रहरीको तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा जाँच गरिँदै । चाडपर्वका बेला लागुऔषध र विष्फोटक पदार्थ भित्रिन सक्ने भएकाले प्रहरीले ‘शेरा’ र ‘लैला’ नामक दुई वटा तालिम प्राप्त कुकुर नाकामा परिचालन गरेको हो । ‘शेरा’ले विष्फोटक पदार्थ र ‘लैला’ले लागुऔषध पत्ता लगाउने छ । रासस
