मंगलबार, जेठ ८ गते २०८१

निषेधाज्ञा थप्नेबारे छलफल अनलाईन होम डेलिभरिको वारेमा समेत निर्णय हुने

निषेधाज्ञा थप्नेबारे छलफल अनलाईन होम डेलिभरिको वारेमा समेत निर्णय हुने

अखबार दैनिक
मंगलबार, भदौ १६ २०७७
  • निषेधाज्ञा थप्नेबारे छलफल अनलाईन होम डेलिभरिको वारेमा समेत निर्णय हुने

    १६ भदौ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे मंगलबार कुनै निर्णय नहुने बताएका छन् । बरु के गर्ने भन्नेबारे गृहकार्य थालिएको  बताएका छन । 

    images

    हाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका नारायणप्रसाद भट्टा र भक्तपुरकी हुमकला पाण्डेबीच भर्चुअल बैठक जारी छ । ‘निषेधाज्ञाकै विषयमा हामी छलफल गरिरहेका छौं’, दाहालले भने, ‘यद्यपि, निषेधाज्ञाबारे निर्णय बुधबार मात्रै हुनेछ ।

    उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको भन्दै तीन प्रमुख जिल्ला अधिकारीले एक साता निषेधाज्ञाको आदेश जारी गरेका थिए । तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।

    अनलाइन होमडेलिभरी सेवाको विषयमा पनि बुधबार निर्णय हुने एक अधिकारीले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार