काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । आज सुन तोलामा १२ सय रुपैयाँले बढेरेर प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।