मंगलबार, जेठ ८ गते २०८१

जुन देशले इजाजत दिन्छ त्यहीं श्रम इजाजत खोल्दै जाने मन्त्रिपरिषद बैंठकको निर्णय (निर्णयहरुसहित)

जुन देशले इजाजत दिन्छ त्यहीं श्रम इजाजत खोल्दै जाने मन्त्रिपरिषद बैंठकको निर्णय (निर्णयहरुसहित)

भदौ १४ गते वसेको मन्त्रिपरिषदको पुर्ण निर्णय यस्तो छ

images
अखबार दैनिक
मंगलबार, भदौ १६ २०७७
  • जुन देशले इजाजत दिन्छ त्यहीं श्रम इजाजत खोल्दै जाने मन्त्रिपरिषद बैंठकको निर्णय (निर्णयहरुसहित)

    १६ भदौं , काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रणमा सांसदहरूलाई पनि भूमिका दिएको छ ।

    images

    १४ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित संघीय सांसदको संयोजकत्वमा समिति गठन गर्दै सांसदहरुलाई कोरोना रोकथाम र नियन्त्रणमा जोडेको हो ।

    सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारले सांसदहरुलाई कोरोना रोकथाममा जोडेको हो ।

    प्रवक्ता डा. खतिवडाले कोरोनाको रोकथाम, नियन्त्रण एवं संक्रमितको उपचारमा सांसदहरूको भूमिकालाई स्पष्ट पार्न सरकारले यस्तो निर्णय गरेको जानकारी दिए ।

    उनले भने, ‘जनप्रतिनिधिहरूलाई कोभिड नियन्त्रणमा खटाउने, भूमिका दिनेबारे सरकारले निर्णय गरेको छ । त्यसका लागि प्रत्येक निर्वाचन क्षेत्रका प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा सो क्षेत्रका समानुपातिक सांसद र राष्ट्रिय सभाका सदस्यहरूलाई जनप्रतिनिधिको हैसियतले कोभिडको रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थाको लागि आवश्यक समन्वय र अनुगमन गर्न अनुरोध गर्ने निर्णय भएको छ ।’

    यस अघि सांसदहरुले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारमा भूमिका नभएको गुनासो गर्दै आएका थिए ।

    सरकारले वैदेशिक रोजगारीका जुन देशले कामदारहरूलाई खुला गर्छ सोहि देशका श्रम इजाजत खोल्दै जाने निर्णय गरेको छ । त्यस्तै सरकारले शैक्षिक संस्था र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

    भदौ १४ गते साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । देशमा कोरोना भाइरसबाट संक्रमित तीव्र गतिमा बढिरहेकाले सरकारले शैक्षिक संस्था र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द नै राख्‍ने निर्णय गरेको एक मन्त्रीले  जानकारी दिएका छन् ।

    त्यसैगरी सरकारले आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म नै नखोल्ने निर्णय गरेको छ । हवाई कम्पनीहरुले उडान सञ्चालनको पूर्वतयारी गरिरहँदा सरकारले भने भदौ १५ सम्म रहेको उडान स्थगनलाई बढाएर मसान्तसम्म पुर्‍याएको हो ।

    साउन ७ गते लकडाउन खुलेसँगै सरकारले शैक्षिक संस्था खुलाउने तयारीस्वरुप सरकारी शिक्षकहरुलाई विद्यालयमा हाजिर हुन भनेको थियो । अहिलेको यो निर्णयपछि अब विद्यालय भदौ मसान्तसम्म नखुल्ने भएका हुन् । लकडाउन हटेपनि अहिले देशभरका करिब ५० जिल्लामा निषेधाज्ञा जारी भएको छ ।
    9107F67A-6B22-460D-B004-68A783284D08.jpeg716D460C-BD1C-4DB8-8237-525B0AA9544A.jpegB353DFD7-AB82-46BC-B991-9E778E084CD0.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार