काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ । आज बजार २.३५ अंकले घटेर २६५२ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब १२ करोडको कारोबार भएको बजारमा बिहिबार ३ अर्ब २६ करोडको कारोबार भएको छ । त्यसैगरी आज १०७ कम्पनीको सेयर मुल्य बढेको छ भने १३९ कम्पनीको सेयर मुल्य घटेको छ । ५ बाकी कम्पनीको मुल्यमा कुनै परिर्वतन आएको छैन् ।