काठमाडौंको चन्द्रागिरि–६, चेकपोस्ट महादेवस्थानकी ६८ वर्षीया पवित्रा केसीको हत्या भएको छ । प्रहरीका अनुसार, जग्गासम्बन्धी विवादका कारण उनको हत्या ३२ वर्षीय सरोज थापाले गरेको खुलेको छ । केसीको हत्याको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको छ ।
उनीहरूबीच जग्गाको विवाद देखिएको प्रहरी वृत्त थानकोटले जनाएको छ । प्रहरीले सोधपुछका लागि सरोजकी आमालाई समेत नियन्त्रणमा लिएको छ ।