काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा १७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।