मंगलबार, असोज २९ गते २०८२

दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने

दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने

अखबार दैनिक
बिहीबार , असोज १० २०८२
  • दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने

    अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो ।

    विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिनुभएको हो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ