काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार २७.७९ अंकले घटेर २६५४.३५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ५ अर्ब २९ करोडको कारोबार भएको बजारमा बुधबार ४ अर्ब १२ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ५३ कम्पनीको सेयर मुल्य बढेको छ भने १९३ कम्पनीको सेयर मुल्य घटेको छ । ५ बाकी कम्पनीको मुल्यमा कुनै परिर्जतन आएको छैन् ।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेकस १.७६ अंक घटेको छ । आज शेयरबजारमा ३ कम्पनी, माथिल्लो मैलुङ्ग खोल जलविद्युत, सिटि होटल, हिम स्टार उर्जाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् ।