सोमबार, असोज २८ गते २०८२

काठमाडौंबाट एक घण्टामै चितवन पुग्ने द्रुतमार्ग निर्माण गरौंः शर्मा

काठमाडौंबाट एक घण्टामै चितवन पुग्ने द्रुतमार्ग निर्माण गरौंः शर्मा

अखबार दैनिक
बुधबार, असोज ९ २०८२
  • काठमाडौंबाट एक घण्टामै चितवन पुग्ने द्रुतमार्ग निर्माण गरौंः शर्मा

    काठमाडौंबाट एक घण्टामै चितवन पुग्न सकिने आधुनिक द्रुतमार्ग निर्माण गर्नुपर्ने नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बताएका छन् ।

    अहिलेको सडक मार्गमा सवारी आवागमनको अत्यधिक चाप परेको, हरेक वर्ष जनधनको क्षति व्यहोर्नुपरेको र यात्रा गर्दा दुःख कष्ट सहनु परेकाले आधुनिक द्रुतमार्ग निर्माण सुरु गर्नुपर्ने शर्माको राय छ ।

    ‘ठाउँ–ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने, पृथ्वी राजमार्ग र मुग्लिङ्ग नारायणघाट सडकले अब मुलुकको यातायात चाप धान्न सक्दैन,’ पूर्वमन्त्री शर्माले भनेका छन्, ‘हरेक वर्ष जनधनको ठूलो क्षति व्यहोर्नुपरेको आवागमनमा अत्यधिक दुःख र आर्थिक विकासको बाधा हटाउन मैले प्रस्ताव गरेको १ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौं ।’

    शर्मा अर्थमन्त्री हुँदा काठमाडौंको चन्द्रागिरि, चित्लाङ हुँदै चितवन जोड्ने वैकल्पिक सडक बनाउने योजना बजेटमा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ