नारायणगढ-मुग्लिन सडक खण्ड अन्तरगत इच्छाकामना गाउँपालिका ५ तुइन खोलामा खसेको पहिरो हटाउन सुरु भएपनि आज बाटो नखुल्ने भएको छ । विहान ६ बजेदेखि पहिरो हटाउन थालिएपनी ठूलो परिमाणमा पहिरो खसेकोले आज हटान नसकिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडकमा थुप्रिएको पहिरोको परिमाण अन्दाजी १४ हजार घनमिटर रहेको अनुमान गरिएकोले आज बाटो नखुल्ने सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । अहिले यो खण्डमा अझै पहिरो खस्ने संभावना रहेकाले सुरक्षित रुपमा पहिरो हटाउन काम भइरहेको आचार्यले बताए ।
