सोमबार, असोज २८ गते २०८२

मंगलबार ५८.६३ अंकले बढेको बजारमा घट्यो कारोबार रकम

मंगलबार ५८.६३ अंकले बढेको बजारमा घट्यो कारोबार रकम

अखबार दैनिक
मंगलबार, असोज ८ २०८२
  • मंगलबार ५८.६३ अंकले बढेको बजारमा घट्यो कारोबार रकम

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार ५८.६३ अंकले बढेर २६८२.२५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आज बजार २.२३ प्रतिशतले बढेको हो । 

    बजार बढे पनि मंगलबार कारोबार रकम भने घटेको छ । आइबार ९ अर्ब १७ करोडको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब २९ करोडको कारोबार भएको छ । त्यसैगरी आज २३८ कम्पनीको सेयर मुल्य बढेको छ भने १४ कम्पनीको सेयर मुल्य घटेको छ । 

    आज ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन् । जसमा सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी, एशियन हाइड्रो र हिम स्टार उर्जा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ