मंगलबार, असोज २९ गते २०८२

स्कोडा नेपालले आकर्षक अफर र भव्य पुरस्कार सहित सार्वजनिक गर्‍यो ‘फेस्टिभ डिलाइट २०८२’ अफर

स्कोडा नेपालले आकर्षक अफर र भव्य पुरस्कार सहित सार्वजनिक गर्‍यो ‘फेस्टिभ डिलाइट २०८२’ अफर

अखबार दैनिक
मंगलबार, असोज ८ २०८२
  • स्कोडा नेपालले आकर्षक अफर र भव्य पुरस्कार सहित सार्वजनिक गर्‍यो ‘फेस्टिभ डिलाइट २०८२’ अफर

    काठमाडौँ । स्कोडा नेपालले यसपटकको चाडपर्वलाई लक्षित गरी ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक अभियान सुरु गरेको छ। यो अभियान अनुसार ग्राहकहरूले चाडपर्वको यो सिजनमा खुशी, रोमाञ्चक अनुभव र विशेष सुविधाहरू पाउनेछन्। “फास्ट एण्ड फियरलेस” भन्ने थिमसहित सुरु गरिएको यो अभियानमा स्कोडाले साहस र एकताको भावना फैलाउँदै प्रिमियम ड्राइभिङ अनुभव प्राप्त गर्न अझ सजिलो बनाइरहेको छ।

    यो अभियान अन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले २०५ डाउनपेमेन्ट, ४ लाख रुपैयाँसम्म नगद छुट र सबैभन्दा विशेष, कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने मौका पाउनेछन्, जुन वर्ल्ड क्लास मोटरस्पोर्ट्स हेर्न जीवनमै एकपटक पाइने अद्वितीय अवसर हो।

    चाडपर्वलाई अझ रमाइलो बनाउन स्कोडाले आकर्षक अफर र रोमाञ्चक पुरस्कारहरूको संयोजन ल्याएको छ, जसले गर्दा ग्राहकले केवल गाडी मात्र होइन, अविस्मरणीय सम्झना पनि घर लैजान सक्नेछन्। स्कोडाका दमदार डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डले नेपाली अटोमोबाइल बजारलाई निरन्तर रूपमा नयाँ परिभाषा दिइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ