मंगलबार, असोज २९ गते २०८२

सुनको मूल्यमा नयाँ रेकर्ड कायम , तोलाको  २ लाख २१ हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड कायम , तोलाको  २ लाख २१ हजार नाघ्यो

अखबार दैनिक
मंगलबार, असोज ८ २०८२
  • सुनको मूल्यमा नयाँ रेकर्ड कायम , तोलाको  २ लाख २१ हजार नाघ्यो

    एकपछि अर्को गर्दै सुनको मूल्य आकासिएको छ । मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँले नाघेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ भएको सुनको मूल्य मंगलबार प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

    आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ