काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ । आज बजार १११.७० अंकले बढेर २६२३.६२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बिहिबार लगातार नकरात्मक सर्किट लागेर बन्द भएको बजार आइतबार ४.४४ प्रतिशले बढेको हो ।
बजार बढेसंगै आइतबार कारोबार रकम पनि बढेको छ । आज ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरी आज २२४ कम्पनीको सेयर मुल्य बढेको छ भने २८ कम्पनीको सेयर मुल्य घटेको छ । आइतबार ९ वटा कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।