सोमबार, असोज २८ गते २०८२

गेट तोडेर भाग्न खोज्दा रामेछाप कारागारमा गोली चल्यो, तीन कैदीबन्दीको मृत्यु, १५ घाइते

गेट तोडेर भाग्न खोज्दा रामेछाप कारागारमा गोली चल्यो, तीन कैदीबन्दीको मृत्यु, १५ घाइते

अखबार दैनिक
बिहीबार , भदौ २७ २०८२
  • गेट तोडेर भाग्न खोज्दा रामेछाप कारागारमा गोली चल्यो, तीन कैदीबन्दीको मृत्यु, १५ घाइते

    जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दी कारागारको गेट तोडेर भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको छ। गोली लागेर तीन कैदीबन्दीको मृत्यु भएको छ भने १५ जना कैदीबन्दी घाइते भएका छन् ।

    बिहीबार बिहान कारागारभित्र रहेका सबै कैदीबन्दीहरुले गेटहरु तोडेर सामुहिक रुपमा बाहिर निस्कन खोजेपछि सेनाले कैदी वन्दीहरुलाई रोक्ने प्रयास गरेको थियो । तर कैदीहरु भाग्न मुल गेटको ताला तोडेर बाहिर निस्केपछि सेनाले बाध्य भएर गोली चलाएको हो। गोली लागेर तीन कैदीबन्दीको मृत्यु भएको छ भने १५ कैदीबन्दीको हाल रामेछाप अस्पतालमा उपचार भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

    कारागार कार्यालयमा अहिले नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले चारै तर्फ घेरा हाली सुरक्षा दिइरहेको छ । कारागारको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टले जानकारी दिए।

    रामेछाप नगरपालिका ८ रामेछाप बजारमा कारागार कार्यालय रहेको छ । कारागारमा ५० जनाको क्षमता भएता पनि अहिले विभिन्न अपराधमा तीन सय जना कैदीबन्दी सो कारागारमा कैद जीवन व्यथीत गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ