बिहीबार , असोज ३ गते २०८१

केरोना संक्रमितको ललितपुरमा थप एकजनाको मृत्यु

केरोना संक्रमितको ललितपुरमा थप एकजनाको मृत्यु

अखबार दैनिक
बिहीबार , भदौ ११ २०७७
  • केरोना संक्रमितको ललितपुरमा थप एकजनाको मृत्यु

    ११ भदौ, काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

    images

    कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो ।

    ‘योचाहिँ विशुद्ध कोभिड डेथ देखिएको छ,’ पाठकले भने, ‘भेण्टिलेटरमा राखेर उपचार गर्दागर्दै हिजो राति उहाँको डेथ भयो ।’

    पाठकका अनुसार ति पुरुषको स्थायी घर अर्घाखाँची हो भने केही समयदेखि काठमाडौंको तारकेश्वर नगरपालिका–११ मा बस्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ