शुक्रबार, जेठ ४ गते २०८१

भारतमा २४ घण्टामा १ हजार ५९ कोरोना संक्रमितको मृत्यु

भारतमा २४ घण्टामा १ हजार ५९ कोरोना संक्रमितको मृत्यु

अखबार दैनिक
बिहीबार , भदौ ११ २०७७
  • भारतमा २४ घण्टामा १ हजार ५९ कोरोना संक्रमितको मृत्यु

    ११ भदौं , काठमाडौं । भारतमा २४ घण्टामा १ हजार ५९ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा ५९ हजार ४४९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

    images

    तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३२ लाख ३४ हजार ४७४ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार १५१ संक्रमित थपिएका छन् । 

    भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ