बिहीबार , असोज ३ गते २०८१

पर्वतको बिहादीमा १५ शैयाको सुबिधा सम्पन्न अस्पताल बन्दै

पर्वतको बिहादीमा १५ शैयाको सुबिधा सम्पन्न अस्पताल बन्दै

अखबार दैनिक
बुधबार, भदौ १० २०७७
  • पर्वतको बिहादीमा १५ शैयाको सुबिधा सम्पन्न अस्पताल बन्दै

     नारायण न्यौपाने, पाल्पा–

    पर्वतको बिहादी गाउँपालिका २ बर्राचौरमा १५ शैयाको सुविधा सम्पन्न असपताल निर्माण हुने भएको छ । साउदी सरकारले नेपाल सरकार मार्फत स्वास्थको क्षेत्रमा लगानि गर्ने १९ करोड लगानीमा अस्पताल निर्माणको प्रक्रिया शुरु भएको वडा अध्यक्ष ओम प्रकाश कुँवरले बताउनु भयो । अहिले अस्पताल निर्माणका लागि टेण्डर गरिएको छ । अथक मिहनेतबाट अस्पतालको योजना पार्न सफल भएको भन्दै वडा अध्यक्ष कुँवरले पर्वत जिल्लाको स्वास्थ्य चौकीहरुमा राम्रो सेवा दिन सकेपनी बर्राचौर स्वास्थ्य चौकी, भौतिक रुपमा कमजोर भएकाले बर्राचौर प्राथमीक अस्पताल निर्माण पछि संरचना र स्वास्थ्य सेवा दुबै मजबुत हुने बिश्वास ब्यातm गर्नु भयो ।

    images

    स्थानिय ८ जनाले अस्पताल निर्माणका लागि निशुल्क रुपमा जग्गा उपलब्ध गराएका छन । डोलेन्द्र गिरी, भुपेन्द्रनाथ पौड्याल, इन्द्रकला पौड्याल, शुसिला गिरी, होमनाथ गिरी, राम गिरी, कृश्ण गिरी र खगेश्वर भट्राइले निशुल्क रुपमा जग्गा दिनु भएको हो । सामाजिक सेवा गर्नु ठुलो कुरा भएको भन्दै आत्म सन्तुष्टि र उपकारका लागि जग्गा दिएको जग्गा दाता डोलेन्द्र गिरीले बताउनु भयो । अबका सन्ततीहरुले स्वास्थ्य सेवा सर्वसुलव पाउन सकुन भन्ने हेतुले अस्पताल निर्माणमा जुटेको गिरीको भनाइ छ । वाँहाले करिब ४० लाख रुपियाँ मुल्य बराबरको ५ रोपनी जग्गा दिनुभएको छ ।

    बर्राचौर स्वास्थ्य चौकिका प्रमुख भुपेन्द्रनाथ पौड्यालले ग्रामिण ठाँउमा १५ शैयाको बिसेशज्ञ सेवा सहितको अस्पताल बन्नु खुशिको कुरा भएको भन्दै बिरामीहरु पाल्पा र पोखरा धाउनु नपर्ने बताउनु भयो । वाहाले स्थानियको हार्दिकताका कारण जग्गा प्राप्त भएको भन्दै निरन्तर सहयोगको अपेक्षा ब्यातm गर्नुभयो ।

    अस्पताल निर्माणपछी पर्वतको बिहादी गाउँपालिका, पैँयू गाउँपालिका, फलेवास नगरपालिकाका केही वार्डहरु, बाग्लुङको जैमिनी नगरपालिका र गुल्मीको कालिगण्डकी गाउँपालिकाका स्थानिय समेत लाभान्वित हुने छन । बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले अस्पताल निर्माण हुनु गर्वको बिषय भएको भन्दै सामान्य अप्रेशन तथा डेलिभरी केशका लागि पनी बुटवल पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने बिश्वास ब्यातm गर्नुभयो । ‘मानिसहरु स्वास्थ्य सेवा नपाएर बसाइसराइ गर्छन, स्वास्थ्य सुविधाले त्यसलाइ पनी न्यूनीकरण गर्छ’, अध्यक्ष भुसालले भन्नु भयो, ‘ १५ शैयाको अस्पताल हाम्रो पालिकाको स्वास्थ्य क्षेत्रको कोशे ढुङगा हो ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ