सोमबार, भदौ ३१ गते २०८२

शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

सोमबार, भदौ २४ २०८२
  • शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

    २३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको हो ।

    आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।कर्फ्यू_आदेश_दोस्रो2.jpegकर्फ्यू_आदेश_दोस्रो.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार