शुक्रबार, जेठ ४ गते २०८१

आफ्नै मापदण्ड बिपरीत अयोग्यलाई शिक्षालय प्रमुखको जिम्मेवारी

आफ्नै मापदण्ड बिपरीत अयोग्यलाई शिक्षालय प्रमुखको जिम्मेवारी

अखबार दैनिक
सोमबार, भदौ ८ २०७७
  • आफ्नै मापदण्ड बिपरीत अयोग्यलाई शिक्षालय प्रमुखको जिम्मेवारी

    ८ भदौ,काठमाण्डौं । व्यवसायिक तालिमहरु दिएर आम व्यक्तिहरुलाई योग्य बनाउँने जिम्मेवारी पाएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदमा अयोग्य व्यक्तिले जिम्मेवारी पाएका छन् । धादिङमा रहेको गजुरी स्थित पोलिटेक्निक ईन्ष्टिच्यूटमा प्राविधिक एस.एल.सी. मात्र उतीर्ण गरेका व्यक्तिलाई शिक्षालय प्रमुखमा नियुक्त गरेपछि परिषदमा अयोग्य व्यक्तिले जिम्मेवारी पाएका हुन् ।

    images

    परिषद्को शिक्षालय प्रमुख बन्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कर्मचारी सरुवा तथा जिम्मेवारी सम्बन्धी मापदण्डमा स्पष्ट व्यवस्था भएको भएता पनि त्यो मापदण्ड लत्याउँदै माथिल्लो निकायमा व्यक्तिगत सम्बन्ध भएका डाकुरनाथ पराजुली शिक्षालय प्रमुखमा नियुक्त भएका छन् । ईन्जिनियर समेत रहेका मनोज कुमार शरण शिक्षालय प्रमुख रहेको भएतापनि उनलाई हटाई प्रशासनिक निर्देशक जिवनारायण काफ्लेसँग उठबस रहेका भण्डारीलाई प्रमुख बनाएपछि परिषद्का कर्मचारीहरु नै अचम्ममा परेका छन् ।

    शिक्षालय प्रमुख सम्बन्धी मापदण्डमा तोकिए अनुसार उक्त पदमा नियुक्त हुनको लागि न्युनतम् शैक्षिक योग्यता स्नातक तहको हुनु पर्छ । त्यसै गरी कम्तीमा अधिकृत स्तर तृतीय श्रेणीको पदमा कार्यरत रहेको महिलालाई विशेष प्राथमिकता हुने समेत भनिएको छ ।

    यस बेथितीले पावर भएपछि नियम कानुन सबै रद्धीको टोकरीमा फाले हुन्छ भन्ने नजिर स्थापित हुन्छ भन्ने चिन्ताले परिषद्का कर्मचारीलाई नै पिरोलेको छ । यस घटनाको बारेमा निवर्तमान श्क्षिालय प्रमुख मनोज कुमार शरणसँग जिज्ञासा राख्दा आफुलाई अन्यायपूर्ण तरिकाले हटाउँदा भन्दा पनि परिषद्मा यसले कस्तो नजिर स्थापित गर्छ भन्ने चिन्ता रहेको बताए ।
    शिक्षालय प्रमुखमा भण्डारीको अयोग्य नियुक्तिलाई लिएर कर्मचारी संघ/संगठनले यसको तीब्र विरोध गर्दै आएका छन् । यसमा के भएको हो भनी बुझ्न प्रशासनिक निर्देशक जिवनारायण काफ्लेको मोबाईल नम्बर ९८४१७५९४७० मा सम्पर्क गर्दा उनको फोन उठेन ।

    शिक्षालय प्रमुख बन्नको लागि यस्तो छ मापदण्ड :

    शिक्षालयको प्रमुखमा जिम्मेवारीका आधारः

    • शिक्षालयको स्वीकृत दरवन्दी अनुसारको पद श्रेणी भएको,
    • स्वीकृत दरवन्दी मध्ये जेष्ठता, क्षमता र योग्यता भएको,
    • शिक्षालयमा सञ्चालन भएका शैक्षिक कार्यक्रमहरू मध्ये कुनै एक कार्यक्रमसँग विषय वा सेवा मिलेको,
    • न्यूनतम स्नातक उपाधी प्राप्त भएको,
    • प्राविधिक तथा प्रशिक्षण सेवामा कम्तिमा पाँच वर्ष सेवा अवधी पुरा भएको
    • कम्तिमा अधिकृत स्तर तृतिय श्रेणीको पदमा कार्यरत रहेको,
    • दरबन्दी अनुसार पद श्रेणीको कर्मचारी तत्काल व्यवस्था गर्न नसकिने अवस्था भएमा जेष्ठतम् कर्मचारी मध्येबाट कायम मुकामको जिम्मेवारी दिन सकिने,
    • शिक्षालयमा उप-प्रमुख र विभागीय प्रमुख जिम्मेवारी बहन गरेको,
    • सामान्यतया एक शिक्षालयमा एक कार्यकाल पुरा गरेको शिक्षालय प्रमुखलाई कार्यकाल थप वा अर्को शिक्षालयमा प्रमुखको रुपमा जिम्मेवारी दिदा निजले सम्पादन गरेको क्षमतालाई मापन गरिनेछ। शिक्षालय प्रमुखको क्षमताको मापन गर्दा शिक्षालयबाट उर्तीण प्रशिक्षार्थीको प्रतिशत र उत्पादित जनशक्तिको रोजगारी प्राप्तिलाई मुख्य आधारको रुपमा लिईनेछ।
    • शिक्षालय प्रमुखको पदावधि समाप्त भए पछि पुन: सोही शिक्षालयमा वरिष्ठ प्रशिक्षक/प्रशिक्षकको रुपमा रही काम गर्न सक्नेछ।
    • महिला कर्मचारीहरूलाई प्राथमिकता दिइनेछ।
    • माथि जेसुकै कुरा लेखिएको भएतापनि प्रिडिप्लोमा तहसम्मको कार्यक्रम सञ्चालन भएको वा स्थापनाकालमा रहेका शिक्षालयमा अधिकृतस्तरको जेष्ठ कर्मचारीलाई शिक्षालय प्रमुखको जिम्मेवारी दिन कुनै बाधा हुनेछैन।

    साभार : अनलाईनपाना

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ