आइतबार, जेठ ६ गते २०८१

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि , काठमाडौं उपत्यकामा मात्रै २२४ जना संक्रमित थपिए

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि , काठमाडौं उपत्यकामा मात्रै २२४ जना संक्रमित थपिए

अखबार दैनिक
सोमबार, भदौ ८ २०७७
  • थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि , काठमाडौं उपत्यकामा  मात्रै २२४ जना संक्रमित थपिए

    ८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार