शुक्रबार, जेठ ४ गते २०८१

स्वास्थ्यकर्मीमाथिको दूरव्यवाहारप्रति तरुण दलको आपत्ति

स्वास्थ्यकर्मीमाथिको दूरव्यवाहारप्रति तरुण दलको आपत्ति

अखबार दैनिक
सोमबार, भदौ ८ २०७७
  • स्वास्थ्यकर्मीमाथिको दूरव्यवाहारप्रति तरुण दलको आपत्ति

    ८ भदौं, काठमाडौं । नेपाल तरुण दलले कोभिड–१९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि भइरहेको दूरव्यवाहारप्रति आपत्ति जनाएको छ ।

    images

    तरुण दलले स्वास्थ्यकर्मीमाथि भइरहेको अमानवीय व्यवहारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

    तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले सोमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउन पनि सरकारसँग माग गरेका छन् ।

    कोरोना भाइरसको महामारीमा समाजको अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति तरुण दलले उच्च सम्मान पनि प्रकट गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ