मंगलबार, असोज २९ गते २०८२

करेन्ट सर्ट भएर आगलागी, ५० बाख्रा मरे

करेन्ट सर्ट भएर आगलागी, ५० बाख्रा मरे

अखबार दैनिक
बुधबार, भदौ १२ २०८२
  • करेन्ट सर्ट भएर आगलागी, ५० बाख्रा मरे

    चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो । घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।

    फार्ममा रहेका जम्मा ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल रहेका छन्भने छवटा घाइते भएका छन् । आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते हुनुभएको छ । उहाँको चौतारा अस्पतालमा उपचार भइरहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार