मंगलबार, असोज २९ गते २०८२

तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्दछ : प्रचण्ड

तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्दछ : प्रचण्ड

अखबार दैनिक
मंगलबार, भदौ ११ २०८२
  • तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्दछ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्ने बताएका छन् । 

    हिन्दु धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना पनि गरेका छन् । 

    उनले भनेका छन्– 'नेपाली महिलाहरूले परापूर्वकालदेखि सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएको तीजको मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात् गर्दै यसलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा समेत लिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।'

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ