मंगलबार, असोज २९ गते २०८२

तीजमा माडी नगरपालिकाले दियो सार्वजनिक बिदा

तीजमा माडी नगरपालिकाले दियो सार्वजनिक बिदा

अखबार दैनिक
सोमबार, भदौ १० २०८२
  • तीजमा माडी नगरपालिकाले दियो सार्वजनिक बिदा

    चितवनको माडी नगरपालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । महिलाहरुको महान् चाड हरितालिका तीज पर्वको अवसर पारेर स्थानीय बिदाको रुपमा भोलि सार्वजनिक बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालद्धारा जारी सूचनामा भदौं १० गते नगर प्रमुखस्तरीय निर्णय अनुसार तीजको दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

    तीजको दिन माडी नगरपालिका क्षेत्रमा भव्य धार्मिक तथा सांस्कृति कार्यक्रम गरी मनाइने भएकाले सो दिन नगर कार्यपालिकाको कार्यालय, वडा तथा अन्तरगत कार्यालयहरु र नगर क्षेत्र भित्रका सार्वजनिक विद्यालयहरुमा स्थानीय बिदा दिने निर्णय भएको नगर प्रमुख तारा कुमारी काजी महतोले जानकारी दिनुभयो । चितवनको दक्षिणी भेगमा अवस्थित माडी धार्मिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा पर्दछ ।

    536103781_1082578807397163_8194625885092413014_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार