मंगलबार, असोज २९ गते २०८२

आज तीजको अघिल्लो दिन, दर खाएर मनाइँदै

आज तीजको अघिल्लो दिन, दर खाएर मनाइँदै

अखबार दैनिक
सोमबार, भदौ १० २०८२
  • आज तीजको अघिल्लो दिन, दर खाएर मनाइँदै

    काठमाडौं । यसवर्षको हरितालिका तीज आज (सोमबार)देखि शुरु भएको छ ।आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ ।

    विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दरखाने समय भने ठाउँ अनुसार फरक–फरक रहेको छ ।

    कतै साँझमा अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । धेरै चिल्लो पीरो, गुलियो र मसलेदार परिकार दरका रूपमा स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ