आइतबार, भदौ ९ गते २०८२

दुई हजार ३०० सयले बढ्यो सुनको मूल्य

दुई हजार ३०० सयले बढ्यो सुनको मूल्य

अखबार दैनिक
आइतबार, भदौ ९ २०८२
  • दुई हजार ३०० सयले बढ्यो सुनको मूल्य

    स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा रु दुई हजार ३०० र चाँदीमा रु ४० ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ ।शुक्रबार एक तोला सुन रु एक लाख ९५ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३१० मा क्रयविक्रय भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ