शुक्रबार, असोज ४ गते २०८१

प्रचण्डले भने : अब किरण, बाबुराम र विप्लवसँग एकता हुन्छ !

प्रचण्डले भने : अब किरण, बाबुराम र विप्लवसँग एकता हुन्छ !

अखबार दैनिक
बिहीबार , भदौ ४ २०७७
  • प्रचण्डले भने : अब किरण, बाबुराम र विप्लवसँग एकता हुन्छ !

    काठमाडौं, ४ भदौ । नेकपाका अध्यक्ष प्रचण्डले पुर्व माओवादीका नेताहरुबीच फेरि एकै ठाउँ बस्ने अवस्था आउने दिशातिर अघि बढेको बताएका छन् ।

    images

    एक टेलिभिजनलाई बुधबार अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले मोहनबैद्य किरण, डा. बाबुराम भट्टराई र नेत्र विक्रम चन्द विप्लव लगायतका नेताहरु फुटेर राम्रो नभएको भन्ने निष्कर्षमा पुगेको आफूले पाएको बताए ।

    ‘किरणजी, बाबुरामजी र विप्लवजी जहाँ -जहाँ भएपनि हामी एउटै स्कूलका हौं,’ प्रचण्डले भने, ‘अहिलेको परिस्थिति जे बनेको छ, मलाई लाग्छ, उहाँहरु पनि चिन्तित हुनुहुन्छ र अब फेरि एकचोटी समय आउन खोजेको देख्छु म । हामीले विभाजित भएर गल्ती पो गर्यौं क्यारे । यसले प्राप्त उपलब्धि पनि जोखिममा पर्ने पो होकि भन्ने चिन्ता जति मलाई छ बिस्तारै किरणजीलाई, बाबुरामजीलाई र विप्लव जी लगायत अरु सथाीहरुलाई बढ्दै गएको छ भन्ने मलाई लाग्छ । यद्यपी मेरो विप्लवजीसँग कुराकानी पनि छैन । बाबुराम र किरणजीसँग बेला बेला कुरा हुन्छ । त्यो कुराबाट मैले महसुस गर्ने सबैलाई हामी विभिाजित हुनु सही होइन भन्ने निष्कर्षतिर देशको परिस्थितिले डोर्‍याइराखेको छ ।’

    आफूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टीलाई झण्डै दुईतिहाईको बहुमतको दिशामा पुर्‍याएको प्रचण्डले दाबी गरे । ‘माओवादी आन्दोलनपछि विभाजन भएको पार्टीलाई शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने एउटा आर्किटेक्चरको भूमिका खेल्ने अवसर पाएँ भन्ने छ मलाई’ , प्रचण्डले भने ।

    माओवादी पार्टीभित्र विभाजन आएपनि आफूलाई कुनै चिन्ता नलागेको प्रचण्डले बताए । ‘म चिन्तित भएर बरबाद भएँ भन्ने मलाई लागेकै छैन’, उनले थपे ।
    तत्कालीन एकीकृत माओवादीबाट बैद्य, भट्टराई र विप्लव बाहिरिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ