बिहीबार , असोज ३ गते २०८१

विहादी गाउँपालिकाका सबै घरमा रोग प्रतिरोधात्मक औषधि बितरण

विहादी गाउँपालिकाका सबै घरमा रोग प्रतिरोधात्मक औषधि बितरण

अखबार दैनिक
मंगलबार, भदौ २ २०७७
  • विहादी गाउँपालिकाका सबै घरमा रोग प्रतिरोधात्मक औषधि बितरण

    २ भदौ, पर्वत । जिल्लाको विहादी गाउँपालिकाले विभिन्न रोगबाट जोगाउने रोग प्रतिरोधात्मक औषधि बितरण गरेको छ । सबै वडाका प्रत्येक घरमा औषधि बितरण गर्नेगरी अभियानको थालनी गरिएको हो ।

    images

    गाउँपालिकाका अध्यक्ष कमल भुषालले औषधि वितरण गरीएको जानकारी दिए । होमियोपेथथिक आयुर्वेदिक औषधिले शरीरमा रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने अध्यक्ष भुषालको भनाई छ ।

    गाउँपालिका भित्रका २ हजार ८ सय ६४ वटा घरधुरीहरुमा उक्त औषधि वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख हरी भुषालले जानकारी दिए । भुषालका अनुसार गाउँपालिका भित्र झण्डै १७ हजार ब्यक्तिलाई उक्त औषधि वितरण गरिएको छ ।

    कोरोना लगायत महामारीका रोगबाट बचाउन आयूर्वेदिक औषधि वितरण गरिएको हो । यसले कुनै साइड इफेक्ट नगर्ने र रोगसंग लड्न सक्ने क्षमता बढाउने बताइएको छ ।

    होमियोप्याथिक एआरएस एएलजी ३० सि नामक शक्तिवर्धक औषधि निशुल्क वितरण गरिएको छ । तमु प्ये ल्हु संघको सहयोगमा उक्त औषधि वितरण गरिएको हो । पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै जाँदा औषधिले शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्ने भएका कारण औषधि वितरण गरिएको गाउँपालिकाका स्वास्थ्थ शाखा प्रमुख भुषालको भनाई छ ।

    गाउँपालिका भित्रका सवै घर धुरीका सवै सदस्यहरुलाई पुग्ने गरी औषधि वितरण गरिएको छ । यसले शरीरमा रक्षावद्र्धन गरी रोगसंग लड्नसक्ने क्षमतामा अभिबृद्धि गर्नेछ । यस अघि जिल्लाको महाशिला गाउँपालिका भित्र पनि उक्त औषधिको वितरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ