बिहीबार , असोज ३ गते २०८१

कास्कीमा आज राति १२ बजे देखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी

कास्कीमा आज राति १२ बजे देखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी

अखबार दैनिक
मंगलबार, भदौ २ २०७७
  • कास्कीमा आज राति १२ बजे देखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी


    पोखरा
    कास्कीमा आज राति १२ बजेदेखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर ५ दिनको लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । 
    चाडवाड नजिकिएसँगै भिडभाड बढी हुने हुदाँ कोरोना संक्रमणको जोखिम पनि बढ्ने सम्भावना रहने तथा पछिल्लो समय पोखरामा समुदायस्तरमा संक्रमितको संख्या पनि ह्वात्तै बढेको भन्दै निषेधाज्ञा जारी गरिएको हो ।
    निषेधाज्ञा जारी भएसँगै अत्यावश्यकबाहेक सबै गतिविधि ठप्प हुने छ ।  संक्रमण बढे सँगै पोखरा महानगरपालिकाले प्रदेशको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो । सोही बिषयमा सोमबार बसेको प्रदेश सीसीएमसीले जिल्ला प्रशासन कार्यालयलाई स्थानिय तहको समन्वयमा आवश्यकताअनुसार निषेधाज्ञा जारी गर्न अनुमति दिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ