बिहीबार , असोज ३ गते २०८१

नयाँ आव सुरु भएको महिना दिन पुग्दा पनि गाउँ सभा गर्न सकेन गोरखाको गण्डकी गाउँपालिकाले

नयाँ आव सुरु भएको महिना दिन पुग्दा पनि गाउँ सभा गर्न सकेन गोरखाको गण्डकी गाउँपालिकाले

अखबार दैनिक
सोमबार, भदौ १ २०७७
  • नयाँ आव सुरु भएको महिना दिन पुग्दा पनि गाउँ सभा गर्न सकेन गोरखाको गण्डकी गाउँपालिकाले

     नयाँ आर्थिक वर्ष २०७७/०७८ सुरु भएको पनि १ महिना पुरा भएको छ। तर गोरखाको गण्डकी गाउँपालिकाले अहिलेसम्म पनि गाउँ सभा गर्न सकेको छैन।

    images

    त्यसो त हरेक स्थानीय तहले नयाँ आर्थिक वर्ष सुरु भएसँगै नयाँ निति योजना कार्यक्रम बजेटमा काम सुरु गर्नुपर्ने हुन्छ। यसका लागि देश भरका सबै स्थानीय तहहरुले नयाँ आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको असार १० गते भित्रै नयाँ निती कार्यक्रम र बजेट गाउँसभामा प्रस्तुत गरि असार मसान्त भित्रमा पास गरिसक्ने पर्ने हुन्छ।तर गोरखाको गण्डकी गाउँपालिकाले भने नयाँ आर्थिक वर्ष सुरु भएर महिना दिन बितिसक्दा समेत गाउँसभा सुरु गर्न सेकेको छैन।

    जनप्रतिनिधी बिच गाउँपालिकाको केन्द्र कहाँ रहने र बजेट विनियोजनको विषयमा विवाद हुदाँ अझै पनि गाउँसभा सुरु हुन नसकेको हो। समय सीमा भित्रै गाउँसभा गरि निती कार्यक्रम र बजेट पास हुन नसक्दा यसको प्रत्यक्ष असर गाउँपालिकाको विकास निर्माणमा पर्ने देखिन्छ। किनकी समयमा निती कार्यक्रम र बजेट पारित नगर्ने स्थानीय तहको केन्द्र सरकारबाट आउने केहि बजेटहरु कटौती हुने गर्छ। जसका कारण गाउँपालिकाले प्रस्तुत गर्ने बजेट खुम्च्याउनु पर्ने हुन्छ। यस्तै चालु आवमा गाउँपालिकामा हुने आर्थिक गतिविधीमा समेत असर पर्छ।


    समयमा नै गाउँपालिकाको गाउँसभा नहुनुमा गाउँपालिकाको केन्द्र विवादका साथै केन्द्र नतोकि गाउँपालिकाको भवन निर्माणका लागि बजेट विनियोजन गर्ने भन्ने प्रस्तावको विवाद नै मुख्य भएको वडा नं। ६ का वडाध्यक्ष जीवन गुरुङले बताउनुभयो। यहि विवादका कारण सहमति हुन नसक्दा समयमा नै गाउँ सभा हुन ढिलाई भएको उहाँले बताउनुभयो।
    विशेष गरेर गण्डकी गाउँपालिकाको केन्द्र हाल कार्यालय रहेको स्थान भुम्लिचोक र वनटार कुन स्थानमा रहने भन्नेमा दुई पक्षको विवाद रहेको छ।

    अर्को पक्षले लाकुरी भञ्ज्याङलाई पनि केन्द्र प्रस्ताव गरेको छ। यसैबिच भदौ पहिलो साता भित्र गाउँसभा सुरु गर्ने गाउँपालिकाका अध्यक्ष होम बहादुर रानाले बताउनुभयो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ