मंगलबार, असोज २९ गते २०८२

निर्धारित समयमा रङ्गशाला निर्माण सम्पन्न हुनुपर्ने

निर्धारित समयमा रङ्गशाला निर्माण सम्पन्न हुनुपर्ने

अखबार दैनिक
आइतबार, साउन २७ २०८२
  • निर्धारित समयमा रङ्गशाला निर्माण सम्पन्न हुनुपर्ने

    पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिनुभएको छ ।

    आज रङ्गशालाको निरीक्षणपछि उहाँले तोकिएको समयमा नै निर्माण पूरा हुनुपर्नेमा जोड दिनुभयो । रङ्गशाला क्रिकेट खेलाडी उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इञ्जिनियर सन्तोष आचार्यले रङ्गशालाको प्रगति बारेमा जानकारी गराउनुभएको थियो । हालसम्म ३० प्रतिशत भौतिक भएको जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–१५ मा सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माणाधीन छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ