बिहीबार , असोज ३ गते २०८१

विन्ध्यवासिनी भेटीघाटीमा दुई करोड कम

विन्ध्यवासिनी भेटीघाटीमा दुई करोड कम

अखबार दैनिक
आइतबार, साउन ३२ २०७७
  • विन्ध्यवासिनी भेटीघाटीमा दुई करोड कम

    पोखराको विन्ध्यवासिनी मन्दिरमा बन्दाबन्दी शुरु भएयता अघिल्लो वर्षका तुलनामा करीब रु दुई करोड भेटीघाटी कम भएको छ ।

    images

    मन्दिरमा दैनिक करीब रु एक लाख बराबर भेटीघाटी जुट्ने गरेकामा साउनमा अन्यका तुलनामा केही बढी सहयोग प्राप्त हुने गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

    कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी बन्दाबन्दी शुरु भएपछि बिहानबेलुकाका नित्यपूजा र आरतीबाहेक सर्वसाधारणका लागि दर्शन गर्न बन्द गरिएको छ ।

    विन्ध्यवासिनी मन्दिर पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै भारतबाट आउने पर्यटकले नछुटाउने गन्तव्य हो ।

    केही उँचो ठाउँमा भएका कारण यहाँबाट पोखरा उपत्यकाका साथै माछापुच्छ«ेलगायत हिमाली दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । मन्दिरसहित परिसरमा रहेका शिवालय, सरस्वती, गणेश र राधाकृष्ण मन्दिरले यहाँको महत्वलाई बढाएका छन् ।

    मन्दिर उक्लनका लागि सिँढी चढ्नुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै अशक्त तथा ज्येष्ठ नागरिकलाई लक्ष्य गरी लिफ्ट पनि निर्माण गरिसकिएको छ ।

    देवीको दर्शन गरेमा मनले चिताएको पूरा हुने जनविश्वासका आधारमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ