बिहीबार , असोज ३ गते २०८१

थप ६४१ जनामा कोरोना संक्रमण

थप ६४१ जनामा कोरोना संक्रमण

अखबार दैनिक
आइतबार, साउन ३२ २०७७
  • थप ६४१ जनामा कोरोना संक्रमण

    काठमाडौं साउन, ३२ । पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् ।

    images

    यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

    देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

    काठमाडौं उपत्यकामा १७२ संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन्  ।

    संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ