बिहीबार , असोज ३ गते २०८१

सिन्धुपाल्चोक पहिरो: नेपाली सेनाद्वारा खोज तथा उद्धार कार्य जारी (फोटो सहित)

सिन्धुपाल्चोक पहिरो: नेपाली सेनाद्वारा खोज तथा उद्धार कार्य जारी (फोटो सहित)

अखबार दैनिक
आइतबार, साउन ३२ २०७७
  • सिन्धुपाल्चोक पहिरो: नेपाली सेनाद्वारा खोज तथा उद्धार कार्य जारी  (फोटो सहित)


    काठमाडौं, ३२ साउन  । जुगल गाउँपालिका वडा नं. २ मा गएको पहिरोमा परि हराइरहेका व्यक्तिहरुको नेपाली सेनाको खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ ।

    images

    नेपाली सेनाको श्री गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुको सहयोगमा हालसम्म चार (४) जना महिला, तीन (३) जना पुरुष, पाँच (५) जना बालिका र सात (७) जना बालक गरि जम्मा ज्ञढ जनाको शव फेला पारेको छ ।

    https://akhabardainik.com/news/2256

    उक्त पहिरोमा परि हराइरहेका २० जनाको खोजी कार्य जारी राखेको छ । मिति २०७७ साउन ३० र ३१ गते नेपाली सेनाको MI-17 हेलिकप्टरद्वारा खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामग्री ढुवानी गरी उक्त स्थानमा पुर्याएको थियो । 

    खोज तथा उद्धारमा स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दा लगायत अन्य निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ४७ जना खोज तथा उद्धार कार्यमा खट्टिइरहेका छन् ।

    1597544678.jpeg1597544671.jpeg

    1597544666.jpeg1597544673.jpeg1597544676.jpeg

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ